Kathmandu Press

मैले बुझेसम्म रास्वपाले समर्थन फिर्ता लिँदैन : प्रधानमन्त्री 

बिहीबार पार्टीको स्थायी कमिटी बैठकमा सहभागी हुन पेरिसडाँडा पुगेका प्रचण्डले पत्रकारहरुसँगको कुराकानीमा रास्वपाले सरकारबाट समर्थन फिर्ता नलिने बताएका हुन् ।
मैले बुझेसम्म रास्वपाले समर्थन फिर्ता लिँदैन : प्रधानमन्त्री 

काठमाडौं, माघ १९ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता नलिने विश्वास व्यक्त गरेका छन् । 

बिहीबार पार्टीको स्थायी कमिटी बैठकमा सहभागी हुन पेरिसडाँडा पुगेका प्रचण्डले पत्रकारहरुसँगको कुराकानीमा रास्वपाले सरकारबाट समर्थन फिर्ता नलिने बताएका हुन् ।

एक पत्रकारले प्रधानमन्त्री प्रचण्डलाई रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता लिन लागेको हो ? भन्ने प्रश्न सोधेका थिए । ‘फिर्ता लिनुहुन्न, मैले बुझेसम्म,’ जवाफमा प्रचण्डले भने । 

गृहमन्त्री नपाएपछि सरकारबारे धारणा बनाउन रास्वपाको  केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बसिरहेको छ । बैठकले सरकरबाट फिर्ता हुने निर्णय गर्न सक्ने रास्वपाकै नेताहरुको धारणा छ । 
 
प्रकाशित मिति: १७:३६ बजे, बिहीबार, माघ १९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्