Kathmandu Press

रास्वपाले धैर्य गर्नुपर्छ : महरा 

पार्टी स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै महराले गृह मन्त्रालयका बारेमा रास्वपाले धैर्य गर्नुपर्ने बताएका हुन् ।
रास्वपाले धैर्य गर्नुपर्छ : महरा 

काठमाडौं, माघ १९ : नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले राष्ट्रिय स्वतन्त्र पार्टीले धैर्य गर्नुपर्ने बताएका छन् । 

पार्टी स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै महराले गृह मन्त्रालयका बारेमा रास्वपाले धैर्य गर्नुपर्ने बताएका हुन् ।  ‘मुद्दा सकिएको छैन । के गर्ने भन्ने निर्णय गर्न बाँकी छ । रास्वपाले धैर्य गर्नुपर्छ,’ उनले भने । 

रास्वपाका सभापति रवि लामिछानेको नागरिकता विवादमा सर्वोच्च अदालतले उनको सांसद पद खारेज गरिदिएको थियो । सांसद पद खारेज भएसँगै लामिछानेको उपप्रधानसहितको गृहमन्त्री पद समेत गुमेको थियो । 

तर, गृहमन्त्री पद रास्वपाले पाउनुपर्ने माग राख्दै पटकपटक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दबाब दिएपनि प्रधानमन्त्री प्रचण्ड भने गृहमन्त्री तत्काल रास्वपालाई नदिने पक्षमा छन् । 

गृहमन्त्री नपाउने भएपछि सरकारबारे निर्णय गर्नका लागि रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बसिरहेको छ । बैठकले कुनै अप्रिय निर्णय नलिओस् भन्ने हेतुले माओवादी प्रवक्ता महराले रास्वपालाई धैर्य गर्न आग्रह गरेका हुन् । 

 

प्रकाशित मिति: १७:२३ बजे, बिहीबार, माघ १९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्