बसुन्धारामा राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक सुरु

काठमाडौं, माघ १९ : राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक सुरु भएको छ ।
पार्टीको केन्द्रीय कार्यालय बसुन्धारामा केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक सुरु भएको हो ।
आजको बैठकले सरकारमा सहभागिताको विषयमा छलफल गरि ठोस निर्णय गर्ने बताइएको छ ।
रास्वपाले यसअघि पाएको गृहमन्त्रीको जिम्मेवारी पुनः प्रदान गर्न प्रधानमन्त्री तत्पर नदेखिएपछि रास्वपाले सरकारमा रहिरहने कि बाहिरिने भन्ने विषयमा छलफल गर्न बैठक बोलाएको हो ।
प्रकाशित मिति: १७:०५ बजे, बिहीबार, माघ १९, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











![कांग्रेस वरिष्ठ नेता श्रेष्ठको पशुपति आर्यघाटमा अन्त्येष्टि [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-16_cb69ae9b-1785325934.jpg)