Kathmandu Press

जुम्लामा एक पुरूषद्वारा आत्मदाहको प्रयास

रवि लामिछानेलाई न्याय दिनु पर्ने भन्दै ४० वर्षीय गोकर्ण कार्कीले आफ्नै शरीरमा आगो लगाउने प्रयास गरेका हुन्।
जुम्लामा एक पुरूषद्वारा आत्मदाहको प्रयास

जुम्ला, माघ १९ : जुम्लामा एक पुरूषले आत्मदाहको प्रयास गरेका छन्।

रवि लामिछानेलाई न्याय दिनु पर्ने भन्दै ४० वर्षीय गोकर्ण कार्कीले आफ्नै शरीरमा आगो लगाउने प्रयास गरेका हुन्।

जिल्ला प्रशासन कार्यालय जुम्लाको भवनअगाडि आत्मदाहको प्रयास गरेका उनलाई प्रहरीले तत्काल उद्धार गरेको थियो। 

कोहलपुर घर भएका उनी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सवारी चालकका रूपमा कार्यरत रहेको जनाइएको छ। 

उद्धारपछि उनले ‘यो देशमा मलाई बस्नै मन लागेन’ भन्ने उत्तर दिएको बताइएको छ। बेलैमा उद्धार भएकाले अप्रयि घटना हुन नपाएको उनी बताउँछन्। 

केही दिनअघि बानेश्वरको संसद् भवनअगाडि प्रेमप्रसाद आचार्यले आफ्नै शरीरमा आगो लगाएर आत्मदाह गरेका थिए। त्यसपछि पोखरामा एक युवकले घरमै आगो लगाएर आत्मदाह गर्ने प्रयास गरेका थिए। 

प्रकाशित मिति: १६:०७ बजे, बिहीबार, माघ १९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्