Kathmandu Press

संसद्को गरिमा उँचो बनाउन सांसदहरुको प्रभावकारी भूमिका : उपसभामुख राना

'म आफू पनि संसदीय अभ्यास सिक्ने क्रममा छु, शब्द चयन, विषयवस्तुमाथि विचार र अभिव्यक्ति व्यक्त गर्दा सचेत हुनुपर्छ ।' 
संसद्को गरिमा उँचो बनाउन सांसदहरुको प्रभावकारी भूमिका : उपसभामुख राना

काठमाडाैं, माघ १९ : उपसभामुख इन्दिरा रानाले संसद्को गरिमालाई उँचो बनाउन सांसदहरुको प्रभावकारी भूमिका हुने विश्वास व्यक्त गरेकी छन्।

बिहीबार काठमाडौंमा प्रतिनिधिसभाका सदस्यका लागि संसदीय प्रक्रिया र अभ्यास विषयक अभिमुखीकरण कार्यक्रममा उनले भनिन्, 'म आफू पनि संसदीय अभ्यास सिक्ने क्रममा छु, शब्द चयन, विषयवस्तुमाथि विचार र अभिव्यक्ति व्यक्त गर्दा सचेत हुनुपर्छ ।' 

उपसभामुख रानाले संसद्मा उपसभामुखको भूमिका प्रभावकारी बनाउनुपर्ने बताइन्। 'म उपसभामुख भएर देशका विभिन्न स्थानमा सरोकारवालासँग कुराकानी गर्दौ उपसभामुख ‘चुप’ मात्र रहेको भन्ने गुनासो पाएको छु, ‘उप चुप’ होइन ‘उप उपर जाने’ हो भन्दै आएकी छु ।'

जनप्रतिनिधिले जनताको चाहना अनुरुप संसदीय प्रक्रिया र प्रणालीमार्फत जनउत्तरदायी बन्नुपर्ने उनको भनाइ छ। 

प्रकाशित मिति: १५:३८ बजे, बिहीबार, माघ १९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्