Kathmandu Press

नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी पक्राउ

उनी सार्वजनिक सम्पत्तिमा आगजनी गरेको मुद्दामा दोषी ठहर भएका थिए ।
नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी पक्राउ

काठमाडौं, माघ १९ : नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी पक्राउ परेका छन् । 

कैलाली–२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित चौधरीलाई बुधबार दिउँसो पक्राउ गरिएको प्रहरीका केन्द्रीय प्रवक्ता डीआइजी पोसराज पोखरेलले जानकारी दिए। 

उनलाई बुधबार दिउँसो बाँकेको कोहलपुरबाट पक्राउ गरिएको हो । उनी सार्वजनिक सम्पत्तिमा आगजनी गरेको मुद्दामा दोषी ठहर भएका थिए । कैलालीको गोराङ्गा खोलाबाट ढुंगा लिएर लम्की जाँदै गएको ट्याक्टरमा ३ भदौ २०६६ मा आगजनी भएको थियो । 

ट्याक्टर धनी मोतीपुरका महादेव बजगाईँले ट्याक्टरमा आगो लगाइदिएको भनी परशुराम चौधरी, अरुण चौधरी र वीरबहादुर चौधरीविरुद्ध उजुरी दिएका थिए।  

सोही मुद्दामा सांसद चौधरीमाथि जिल्ला अदालत कैलालीले ६ महिना कैद सजाय र ८ लाख १९ हजार रुपैयाँ भराउने फैसला भएको थियो । त्यो फैसला कार्यान्वयनका लागि उनलाई बाँकेको कोहलपुरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: १५:०४ बजे, बिहीबार, माघ १९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्