Kathmandu Press

बसन्त थापा अभिनित ‘उकाली’को भिडियो सार्वजनिक

काठमाडौं, पुस २१ :  चर्चित गायक तथा सर्जक बसन्त थापाको अभिनय तथा निर्देशनमा लोक पप गीत ‘उकाली‘ को भिडियो सार्वजनिक भएको छ। सम्भो....

बसन्त थापा अभिनित ‘उकाली’को भिडियो सार्वजनिक

काठमाडौं, पुस २१ :  चर्चित गायक तथा सर्जक बसन्त थापाको अभिनय तथा निर्देशनमा लोक पप गीत ‘उकाली‘ को भिडियो सार्वजनिक भएको छ। सम्भोज मल्लको शब्द, संगीत र उनकै आवाजमा रहेको ‘उकाली‘ को भिडियो बसन्त थापा नामक युट्युवमार्फत सार्वजनिक गरिएको हो।

भिडियोमा चर्चित निर्देशक तथा मोडल सुनिल क्षेत्री, बसन्त थापा, दिनेश, प्रलाद र ऐश्वर्य सुनुवारको अभिनय देख्न सकिन्छ। भिडियोको कोरियोग्राफर सुनिल क्षेत्रीले गरेका हुन्। भिडियोको छायांकन ज्ञानेन्द्र शर्मा हुमागाईंले गरेका हुन् भने सम्पादन अमृत चापागाईले गरेका हुन्।

पछिल्लो समयमा बसन्त थापाको ‘उही खोलीमा पानी’ ,‘सालको पात’,‘लोभी आँखा’, ‘बोकेझार’ जस्ता निकै गीतहरु सबैको मन मुटुमा बस्न सफल भएका छन्। भिडियोको पोस्ट प्रोडक्सन जनता डिजिटल एण्ड फिल्म्सले गरेको हो।

भिडियो हेर्नुस् :

प्रकाशित मिति: १९:४४ बजे, सोमबार, पुस २१, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्