Kathmandu Press

मीन विश्वकर्माको आरोप– रामचन्द्र पौडेलले लामखुट्टे मार्न ए.के.४७ पड्काउँदै हुनुहुन्छ

काठमाडौं, पुस २१ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मीनबहादुर विश्वकर्माले वरिष्ठ नेता रामचन्द्र पौडेल समू....

मीन विश्वकर्माको आरोप– रामचन्द्र पौडेलले लामखुट्टे मार्न ए.के.४७ पड्काउँदै हुनुहुन्छ
फाइल

काठमाडौं, पुस २१ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मीनबहादुर विश्वकर्माले वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले बोलाएको आफू पक्षधर जिल्ला सभापतिहरुको भेलालाई अवैधानिकको संज्ञा दिएका छन्।

उनले भने,‘उहाँहरुले बोलाउनुभएको आफू पक्षधर जिल्ला सभापतिहरुको भेला नै अवैधानिक छ। उहाँहरुले जसरी सभापतिलाई विधिसंगत ढंगबाट अघि बढेन भनेर आरोप लगाएर विधानविपरीत भएको गुनासो गरिरहुनभएको छ, स्वभाविक हिसाबले उहाँहरुले गरिरहेको क्रियाकलापपनि विधानविपरीत छ।’

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा विश्वकर्माले भने ,‘कुनैपनि केन्द्रीय कार्यसमितिका ८५ सदस्य र पदाधिकारीमध्ये एक जनाले कुनै औपचारिक कार्यक्रम गर्नको लागि केन्द्रीय कार्यसमितिको स्वीकृति लिनुपर्ने हुन्छ। उहाँहरुले जसरी औपचारिक बैठक बस्नका लागि केन्द्रिय कार्यसमितिले औपचारिक निर्णय गरेको छैन। जिल्ला सभापतिहरुको बारेमा विधानले विधानतः कुनै पनि संगठन मान्दैन।’

पौडेल समूहले बोलाउँदा उनीहरुकै समूहका अधिकांश सभापतिहरुले पार्टीलाई जुटाउनेभन्दा फुटाउनेतर्फ प्रेरित गरेकाले आफूहरु आउन नसक्ने भनेर जवाफ दिएको पनि आफूहरुको जानकारीमा आएको उनले स्पष्ट पारे। 

नेता विश्वकर्माले सभापति शेरबहादुर देउवा विधानविपरीत हिँडेको भनेर लगाइएको आरोपमा कुनै सत्यता नभएको जिकिर गरे। उनले भने,‘सभापतिले त्यस्तो गर्नुभएको छैन। नेपाली कांग्रेस केन्द्रिय कार्यसमितिले विधानविपरित केही पनि गरेको छैन भन्ने कुराको प्रमाण अहिले जसले पार्टी कार्यालयमा अनौपचारिक जिल्ला सभापतिहरुको भेला बोलाएर छलफल गर्दै हुनुहुन्छ उहाँहरुले पेश गर्नुभएको ९ बुँदे प्रस्ताव, त्यसलाई शेरबहादुर देउवा सभापति रहेको केन्द्रिय कार्यसमितिले हुबहु पारित गरिदिएको छ।’ 

तर, पौडेल समूहले आफूहरुको अनुपस्थितिमा किन निर्णय गरियो भनेर भनेको कुरामा पनि उनले खण्डन गरे। उनले भने,‘हाम्रो अनुपस्थितिमा किन पारित गरियो ? भन्ने कुरामा चाहिँ झुक्याएर पारित गरेको होइन। मंसिर २६ गतेको केन्द्रिय समितिको बैठकमा उहाँहरुको सबै प्रस्ताव मानिदिएपछि उहाँहरुसँग अर्को नयाँ बखेडा थिएन। त्यही भएर पौडेल समूहको आग्रहमा २ दिन पछि (मंसिर २८ गते) सारिएको स्मरण गराए। 

उनले सामान्य विषयमा जिल्ला सभापतिहरुलाई पुसको जाडोमा बोलाएर दुःख दिनु राम्रो नभएको भन्दै पौडेल समूहको आलोचना गरे। उनले भने,‘अहिले देशमा धेरै विषय छन्। विभिन्न विधेयकहरुबारेमा आलोचना भइरहेको छ। पार्टी त्यतातिर केन्द्रित हुनुपर्छ। यसरी पार्टी चल्दैन।’ 

उनले भने,‘आज पनि मलाई लाग्दैछ कि सामान्य चित्त दुखाइको कुरामा, नेविसंघमा को मान्छेको सट्टा को मान्छे राख्न? र कतिजनाको सट्टा कति जना राख्नका लागि सभापतिहरुलाई यो पुसको जाडोमा काठमाडौं बोलाएर यो जुन झमेल गरिरहनुभएको छ, मलाई लाग्छ उहाँहरुले मच्छेड मार्न उहाँहरुले ए.के.फोर्टी सेभेन पड्काउँदै हुनुहुन्छ।’

उनले पौडेल समूहको चित्त दुखाइ निर्देशित भएकाले सभापति देउवाले चित्त बुझाउन समय लागेको पनि तर्क गरे। 
 

प्रकाशित मिति: १९:२४ बजे, सोमबार, पुस २१, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्