Kathmandu Press

परराष्ट्रमन्त्री डा. विमला राई पौड्याल श्रीलंका प्रस्थान

श्रीलंकाको ७५औं स्वतन्त्रता दिवसका अवसरमा आयोजित विशेष समारोहमा सहभागी हुन उनी आज (बिहीबार) कोलम्बो प्रस्थान गरेकी हुन्।
परराष्ट्रमन्त्री डा. विमला राई पौड्याल श्रीलंका प्रस्थान

काठमाडौं, माघ १९ : परराष्ट्रमन्त्री डा. विमला राई पौड्याल श्रीलंका प्रस्थान गरेकी छन्। श्रीलंकाको ७५औं स्वतन्त्रता दिवसका अवसरमा आयोजित विशेष समारोहमा सहभागी हुन उनी आज (बिहीबार) कोलम्बो प्रस्थान गरेकी हुन्।

उनलाई बन्दरानाइके इन्टरनेसनल विमानस्थलमा श्रीलंकाका सांसद परमिता बन्दरा तेनाखुनले स्वागत गर्ने कार्यक्रम छ। उनी साँझ श्रीलंकाका लागि नेपाली राजदूत वासुदेव मिश्रले आयोजना गर्ने रात्रिभोजमा सहभागी हुने कार्यक्रम छ। सोही अवसरमा उनले श्रीलंकामा रहेका नेपाली समुदायसँग अन्तक्रिया गर्ने कार्यक्रमसमेत तय भएको छ।

उनले भोलि (शुक्रबार) श्रीलंकाका समकक्षीसँग भेटवार्ता गर्नेछिन् भने शनिबार श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिंघे र प्रधानमन्त्री दिनेश गुणबर्धने पनि शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ। मन्त्री पौड्याल माघ २२ स्वदेश फर्कनेछिन्।

प्रकाशित मिति: १३:३५ बजे, बिहीबार, माघ १९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्