Kathmandu Press

नेकपा एसको सचिवालय बैठक जारी, घनश्याम भुसाल पनि सहभागी

बैठकमा पछिल्लाे राजनीतिक घटनाक्रम, भावी रणानीति, राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन, राष्ट्रपतिको निर्वाचन, पार्टी एकताका लागि भएका प्रयासहरूबारे छलफल भइरहेको जनाइएको छ।
नेकपा एसको सचिवालय बैठक जारी, घनश्याम भुसाल पनि सहभागी

काठमाडौं, माघ १८ : नेकपा एकीकृत समाजवादी (नेकपा एस) को सचिवालय बैठक पार्टी कार्यालय आलोकनगरमा बसिरहेको छ।

एमाले छाडेर स्वतन्त्र उम्मेदवारका रूपमा मंसिर ४ काे चुनाव लडेर पराजित भएका र हालै नेकपा एसमा प्रवेश गरेका  घनश्याम भुसाल पनि बैठकमा सहभागी छन्।

अहिले सचिवालय सदस्य रहेका भुसाललाई  महासचिव बनाउने याेजनामा नेकपा एस रहेकाे छ। सचिवालय बैठकमा उनकाे याे पहिलाे सहभागिता हाे।

बैठकमा पछिल्लाे राजनीतिक घटनाक्रम, भावी रणानीति, राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन, राष्ट्रपतिको निर्वाचन, पार्टी एकताका लागि भएका प्रयासहरूबारे छलफल भइरहेको जनाइएको छ।

प्रकाशित मिति: १२:५६ बजे, बिहीबार, माघ १९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्