माओवादी केन्द्रको स्थायी कमिटी बैठक पाँच घन्टा सर्याे

काठमाडौं, माघ १९ : नेकपा माओवादी केन्द्रको बैठक पाँच घन्टा पछि सरेको छ ।
आज बिहान ११ बजे बस्ने भनिएको स्थायी कमिटी बैठक अपराह्न ४ बजे बस्ने गरी सरको माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिएका छन् ।
शीर्ष नेताहरुको कार्यव्यस्तताको कारण बैठक सरेको उनले बताए।
आजको बैठकमा माओवादीले चुनावी समीक्षा, विभागहरूको हेरफेर र जिम्मेवारी लगायतका विषयमा निर्णय गर्ने नेताहरूले बताएका छन् ।
प्रकाशित मिति: १२:२५ बजे, बिहीबार, माघ १९, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











