Kathmandu Press

कांग्रेस संसदीय दलको बैठक माघ २६ गते बस्ने

संसदीय दलको बैठक माघ २६ गते १ बजे संसद भवनको ल्होत्से हलमा बस्ने निर्णय भएकाे कांग्रेस प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए।
कांग्रेस संसदीय दलको बैठक माघ २६ गते बस्ने

काठमाडौं, माघ १९ : नेपाली कांग्रेसको संसदीय दलको बैठक माघ २६ गते बस्ने भएको छ।

पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा आज (बिहीबार) बसेको संसदीय दलको कार्यसमिति बैठकले संसदीय दलको बैठक माघ २६ गते १ बजे संसद भवनको ल्होत्से हलमा बस्ने निर्णय गरेको कांग्रेस प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए।

लेखकका अनुसार कार्यसमिति बैठकले राष्ट्रिय सभाको उपाध्यक्षको निर्वाचनका लागि अन्य राजनीतिक दलहरूसँग पनि छलफल गरेर अघि बढ्ने निर्णय पनि गरेको छ। नेपाली कांग्रेसले साे पदमा उम्मेद्वारी दिनेछ ।

लेखकले राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन र राष्ट्रपतिको निर्वाचनका विषयमा अरु राजनीतिक दलहरूसँग कांग्रेसले छलफल गरिरहेको बताए। 

उनले प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपति–उपराष्ट्रपति र सभामुख–उपसभामुखमा राष्ट्रिय सहमति खोजेकाले सोहीअनुसार प्रधानमन्त्रीसँग वार्ता गर्न कांग्रेस तयार रहेको पनि जानकारी दिए।  राष्ट्रपतिको निर्वाचनका लागि आन्तरिक तयारीमा कांग्रेस जुटिसकेको उनको भनाइ थियो।

माघ २३ गते हुने राष्ट्रियसभाको उपाध्यक्ष निर्वाचनका लागि माघ २२ कांग्रेसले मनोनयन दर्ता गराउने  मुख्य सचेतक  लेखकले जानकारी दिए।

प्रकाशित मिति: १२:२१ बजे, बिहीबार, माघ १९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्