कांग्रेस संसदीय दल कार्य समितिको बैठक आज
बिहीबार विहान ९ बजे कांग्रेस सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बैठक बस्ने छ । राष्ट्रियसभा उपाध्यक्षको उम्मेदवारबारे छलफल गर्न आज बैठक बस्न लागेको हो ।
काठमाडौ, माघ १९ : कांग्रेस संसदीय दल कार्य समितिको बैठक आज बस्दैछ ।
बिहीबार विहान ९ बजे कांग्रेस सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बैठक बस्ने छ । राष्ट्रियसभा उपाध्यक्षको उम्मेदवारबारे छलफल गर्न आज बैठक बस्न लागेको हो ।
संसदीय दलको कार्यसमितिमा दलका नेता, प्रमुख सचेतक र पार्टीका दुवै महामन्त्री रहने व्यवस्था रहेको छ । राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन यही माघ २३ गते सोमबार हुने भएको छ । राष्ट्रियसभाकी तत्कालीन उपाध्यक्ष शशीकला दहालको कार्यकाल २०७८ फागुन २० गते सकिएको थियो ।
राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाले उपाध्यक्षको निर्वाचनको मिति र समय नतोक्दा १ वर्षदेखि उक्त पद रिक्त थियो ।
प्रकाशित मिति: ०८:१६ बजे, बिहीबार, माघ १९, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार