Kathmandu Press

परराष्ट्रमन्त्री पौड्याल आज श्रीलङ्का भ्रमणमा जाँदै 

स्वतन्त्रता दिवसको अवसरमा भोलि र पर्सि हुने सांस्कृतिक समारोह लङ्काराकङ्कामा परराष्ट्रमन्त्री पौड्याल सहभागी हुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
परराष्ट्रमन्त्री पौड्याल आज श्रीलङ्का भ्रमणमा जाँदै 

काठमाडौं, माघ १९ : परराष्ट्रमन्त्री विमला राई पौड्याल आज श्रीलङ्का भ्रमणमा जाँदै छिन्। श्रीलङ्काको ७५औँ स्वतन्त्रता दिवसको अवसरमा श्रीलङ्काका परराष्ट्रमन्त्री एमयूएमअली साबरीको मैत्रीपूर्ण निमन्त्रणामा पौडेल श्रीलङ्का जान लागेकी हुन् । 

स्वतन्त्रता दिवसको अवसरमा भोलि र पर्सि हुने सांस्कृतिक समारोह लङ्काराकङ्कामा परराष्ट्रमन्त्री पौड्याल सहभागी हुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

पौडेलले श्रीलङ्काका राष्ट्रपति र प्रधानमन्त्रीसँग शिष्टाचार भेट गर्ने तथा त्यहाँको उच्च नेतृत्वसँग भेटवार्ता गर्ने कार्यसूची रहेको छ ।

पौड्याल शनिवार २० गते कोलम्बो प्रस्थान गर्ने र २५ गते काठमाण्डौ फर्किने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: ०८:१४ बजे, बिहीबार, माघ १९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्