माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बिहान ११ बजे बस्नेछ । मंगलबारका लागि बोलाइएको बैठक पार्टीको संगठनसम्बन्धी ‘होमवर्क’ नसकिएकाले हिजोका लागि सारिएको थियो । हिजो पनि नबसेर बैठक आजका लागि बोलाइएको हो ।
काठमाडौं, माघ १९ : सत्तारुढ नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक आज बस्ने भएको छ । हिजोका लागि बोलाइए पनि अन्तिम समयमा आएर स्थगित भएको बैठक आज बस्न लागेको हो ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बिहान ११ बजे बस्नेछ । मंगलबारका लागि बोलाइएको बैठक पार्टीको संगठनसम्बन्धी ‘होमवर्क’ नसकिएकाले हिजोका लागि सारिएको थियो । हिजो पनि नबसेर बैठक आजका लागि बोलाइएको हो ।
पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको कार्यव्यस्तताका कारण बैठक स्थगित भएको माओवादी केन्द्रले जनाएको थियो । बैठकमा कार्यविभाजनमा छलफल हुने माओवादी केन्द्रले जनाएको छ । स्थायी समिति बैठकमा पेस गर्ने नेताहरुको कार्य विभाजनसम्बन्धी प्रस्ताव तयार पार्न महासचिव देवप्रसाद गुरुङ नेतृत्वको कार्यदल बनाएको थियो ।
त्यसमा सहमति जुटाउन पदाधिकारी बैठक बसेको थियो । कार्यविभाजनसँगै बैठकमा समसामयिक विषयमा पनि छलफल हुनेछ । राष्ट्रपति पदको निर्वाचन, गृह मन्त्रालयको नेतृत्वलगायत विषयमा पनि छलफल हुने नेताहरूले बताएका छन् ।