Kathmandu Press

नेकपा–राजपा सहकार्य अब बढ्दै जान्छ : कर्ण

काठमाडौं, पुस २१  :  राजपा नेपालका वरिष्ठ नेता तथा संसदीय सुनुवाइ समितिका सभापति लक्ष्मणलाल कर्णले सभामुख वा उपसभामुखमा आफूहरुको कुनै दाबी न....

नेकपा–राजपा सहकार्य अब बढ्दै जान्छ : कर्ण

काठमाडौं, पुस २१  :  राजपा नेपालका वरिष्ठ नेता तथा संसदीय सुनुवाइ समितिका सभापति लक्ष्मणलाल कर्णले सभामुख वा उपसभामुखमा आफूहरुको कुनै दाबी नरहेको स्पष्ट पारेका छन्।

सोमबार काठमाडाैंमा आयोजित एक कार्यक्रममा उनले भने,‘सभामुख वा उपसभामुखमा हाम्रो पार्टीको दाबी छैन। किनकि हाम्रो सामथ्र्य छैन। यदि बहुमत हुनेले हामीलाई सभामुख वा उपसभामुख दिन तयार भए हामी पनि लिन तयार छौँ। तर बहुमत हुनेले समर्थन वा प्रस्ताव नगरे हामी दाबी गर्दैनौं।’

प्रदेश नम्बर २ को सरकार परिवर्तनबारे अनुमानको भरमा हल्ला चलाइएकोमा कर्णले असन्तुष्टि पोखे। ‘नेकपा र राजपाबीच दुई बुँदे सहमति भएपछि २ नम्बर प्रदेशको सरकार परिवर्तनबारे अनुमानका आधारमा धेरै समाचार आए। तर, नेकपा र राजपाबीचको दुई बुँदे समझदारीमा यस सम्बन्धमा केही कुरापनि उल्लेख छैन। यो सहमतिमा हामीले राष्ट्रियसभाका लागि हुने निर्वाचनका लागि २ सिटमा तालमेल गरेका हौं। सिट बाँडफाँडमात्रै हो,’ उनले भने।

कर्णले प्रदेश नम्बर २ मा सरकार फेरबदल नहुने जिकिर गरे। उनले भने,‘राष्ट्रियसभा सदस्यको लागि माघ ९ गते निर्वाचन हुँदैछ। चुनाव सकिएलगत्तै थप सहकार्यको बारेमा छलफल हुन्छ। नेकपा विदेशी पार्टी होइन। यो पनि यही देशको पार्टी हो। हामी अहिलेपनि साथमै छौं। हामीबीच सहकार्य बढ्दै जान्छ।’

प्रकाशित मिति: १७:१२ बजे, सोमबार, पुस २१, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्