सामान्य प्रशासनमन्त्री मोदीसँग तीन देशका राजदूतको शिष्टाचार भेट, सङ्घीयता कार्यान्वयनमा चासो
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीसँगको शिष्टाचार भेटमा विभिन्न ३ देशका राजदूतहरूले सङ्घीय निजामती ऐनबारे चासो व्यक्त गरेका हुन् ।
काठमाडौं, माघ १९ : सङ्घीयता कार्यान्वयनको महत्वपूर्ण खुड्किलो मानिएको सङ्घीय निजामति ऐनबारे कुनटीतिक बृत्तबाट विशेष चासो व्यक्त भएको छ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीसँगको शिष्टाचार भेटमा विभिन्न ३ देशका राजदूतहरूले सङ्घीय निजामती ऐनबारे चासो व्यक्त गरेका हुन् ।
सिंहदरबारस्थित मन्त्रालयमा अमेरिकी राजदूत डिएन आर थम्सन, बेलायती राजदूत निकोला पोलिट र स्वीजरल्याण्डको राजदूत एलिजावेथ वन क्यापेलरले शिष्टाचार भेट गरेका थिए । छुट्टाछुट्टै भएको भेटमा उनीहरूले सङ्घीयता कार्यान्वयनका विषयमा भईरहेको प्रगति र आफूहरुको सहयोगबारे जिज्ञासा राखेका थिए । जवाफमा मन्त्री मोदीले सङ्घीयता कार्यान्वयन, सुशासन तथा निजामती कर्मचारीको क्षमता अभिबृद्धिका लागि मित्रराष्ट्रले पु¥याएको सहयोगको प्रशंसा गरे ।
मन्त्री मोदीले तीनैजना राजदूतलाई जारी संसद् अधिवेशनमा नै नेपाल सरकारले सङ्घीय निजामती कर्मचारी ऐन ल्याउने तयारी गरिरहेको जानकारी गराए ।











