कामना सेवा विकास बैंकको सिइओसहित चार जना पक्राउ

काठमाडाैं, माघ १८ : प्रहरीले कामना सेवा विकास बैंकको सिइओसहित चार जनालाई पक्राउ गरेको छ। दमकस्थित शाखामा कम धितो राखी बढी ऋण प्रवाह गरेको आरोपमा प्रहरीले उनीहरूलाइ पक्राउ गरेकाे हाे।
पक्राउ पर्नेमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) प्रवीण बस्नेतसहित हरेन्द्र दाहाल, चन्द्रबहादुर थापा र वीरेन्द्र सिंह भण्डारी रहेका छन।
इलाका प्रहरी कार्यालय दमकका डिएसपी दीलिप गिरीका अनुसार हरेन्द्र दाहाल र चन्द्रबहादुर थापा ऋणी हुन।
प्रहरीले उनीहरूविरूद्ध जिल्ला अदालत झापाबाट म्याद थप गरी बैंकिङ कसुर मुद्दामा अनुसन्धान गरिरहेको छ।
उनीहरूले बैंकबाट ऋण दिँदा थोरै धितो राखेको र राखेको धितो पनि भए/नभएको नखुलेपछि अनुसन्धान अघि बढेको थियो। ऋणीले जग्गा र उनीहरूले गरेको व्यवसाय नै धितोको रूपमा राखेका थिए।
प्रकाशित मिति: १९:३१ बजे, बुधबार, माघ १८, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











