Kathmandu Press

गृहमन्त्रीकै कारण सत्ता गठबन्धन टुट्नुहुँदैन : रास्वपा सांसद विराजभक्त

संसद बैठकबाट बाहिरिने क्रममा उनले गृहमन्त्रीकै कारण सत्ता गठबन्धन टुट्नुहुँदैन भन्ने पक्षम आफू रहेको बताए।
गृहमन्त्रीकै कारण सत्ता गठबन्धन टुट्नुहुँदैन : रास्वपा सांसद विराजभक्त

काठमाडौं, माघ १८ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद विराजभक्त श्रेष्ठले गृह मन्त्रालयबारे पार्टीको केन्द्रीय समितिको बैठकपछि निष्कर्ष निकाल्ने जानकारी दिएका छन्।

संसद बैठकबाट बाहिरिने क्रममा उनले गृहमन्त्रीकै कारण सत्ता गठबन्धन टुट्नुहुँदैन भन्ने पक्षम आफू रहेको बताए।

Hardik ivf

त्यस्तै जनमत पार्टीका अध्यक्ष सिके राउतले गृह मन्त्रालय संवेदशील मन्त्रालय भएकाले तत्काल प्रक्रिया पुर्याएर यसलाई पूर्णता दिनुपर्नेमा जोड दिए। 

एमाले सांसद रघुवीर महासेठले गृह मन्त्रालयबारे निर्णय गर्ने अधिकार प्रधानमन्त्रीलाई भएकाले प्रधानमन्त्रीले नै छलफल गरेर भागबन्डा गर्ने बताए।उनले राष्ट्रपतिमा एमालेको स्वभाविक दाबी रहेको उनले बताए।

बैठकमा सत्तापक्षकै सांसदहरुको जुहारी चलेपछि कांग्रेस सांसद रमेश लेखकले प्रतिनिधिसभामा विपक्षी दलको काम सत्तापक्षको सांसदले गरिरहेको भन्दै कांग्रेसलाई सञ्चो भइरहेको प्रतिक्रिया दिए। उनले वर्तमान सरकारबाट संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न सक्ने अवस्था नदेखिएको बताए।

प्रकाशित मिति: १८:२८ बजे, बुधबार, माघ १८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्