Kathmandu Press

विकास र परिवर्तन नगर्ने छुट अब हामीलाई छैन : रक्षामन्त्री

विकास र परिवर्तन नगर्ने छुट अब हामीलाई छैन : रक्षामन्त्री

काठमाडौं, माघ १८ : रक्षामन्त्री हरिप्रसाद उप्रेतीले पूर्वधार विकास आयोजनालाई वस्तुगत यथार्थका आधारमा अघि बढाएमा मात्र समयमै सम्पन्न गर्न सकिने बताएका छन्। 

रक्षा मन्त्रालयको दोस्रो त्रैमासिक प्रगति समीक्षा एव मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको आजको बैठकमा उनले लगानीअनुरुपको परिणाम र उपलब्धि हासिल गर्न सकिएन भने थप आर्थिक भार पर्न सक्नेतर्फ सबै निकायले समयमै ध्यान पु¥याउनुपर्ने बताए । 

Hardik ivf

रक्षामन्त्री उप्रेतीले भने, ‘काठमाडौँ तराई–मधेश द्रुतमार्ग मुलुक र जनताको आर्थिक समृद्धिका लागि सुनौलो आयोजना हो, यस्ता आयोजनालाई अघि बढाउने सन्दर्भमा आइपर्ने समस्या तत्काल सम्बोधन गर्न आवश्यक छ।’

मुलुक आत्मनिर्भर हुन नसक्दा अनेकौँ समस्या झेल्नु परेको अवस्थालाई बुझेर काम गर्नुपर्नेमा जोड दिँदै उनले भने, ‘सेनाको व्यवस्थापनमा अघि बढेका आयोजना समयमै पूरा हुन्छ भन्ने आमजनताको बुझाइले निरन्तता पाओस, विकास र परिवर्तन नगर्ने छुट अब हामीलाई छैन।’
     
 

प्रकाशित मिति: १६:५८ बजे, बुधबार, माघ १८, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्