प्रतिनिधिसभामा मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेस
प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आर्थिक वर्ष २०७८र२०७९ को प्रतिवेदन पेस गरेका हुन्।
काठमाडाैं, माघ १८ : प्रतिनिधिसभामाको बैठकमा राष्ट्रिय मानव अधिकार आयोगको २२औँ वार्षिक प्रतिवेदन पेस भएको छ।
प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आर्थिक वर्ष २०७८र२०७९ को प्रतिवेदन पेस गरेका हुन्।
बैठकमा सभामुख देवराज घिमिरेले गृह मन्त्रालयको जिम्मेवारी प्रधानन्त्री दाहाललाई नै तोकिएको सम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पढेर सुनाए।
सभामुख घिमिरले चितवन क्षेत्र नं २ को सांसद पद रिक्त भएको व्यहोरा बैठकमा जानकारी गराउनुभयो। प्रतिनिधिसभाको अर्को बैठक यही माघ २२ गते आइतबार दिनको १ बजे बस्नेछ।
प्रकाशित मिति: १६:५५ बजे, बुधबार, माघ १८, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार