Kathmandu Press

संसदमा धवलशमशेर, राजकिशाेर र मनीषले के भने?

जबराले आफूहरु राजासहितको सनातन हिन्दु राष्ट्र कायम गर्न आएको र त्यो संविधानविपरीत नभएको पनि बताए।
संसदमा धवलशमशेर, राजकिशाेर र मनीषले के भने?
Hardik ivfHardik ivf

काठमाडाैं, माघ १८ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद धवलशमशेर जबराले राष्ट्रिय गौरवका आयोजनाका काम प्रभावकारी रुपमा अघि बढ्न नसकेको बताउँदै सिक्टा सिँचाइ आयोजना सफल कार्यान्वयन हुन नसकेकोतर्फ प्रधानमन्त्रीको ध्यानाकर्षण गराए।

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै उनले आफूहरु राजासहितको सनातन हिन्दु राष्ट्र कायम गर्न आएको र त्यो संविधानविपरीत नभएको पनि बताए। उनले भने, ‘हामी नेपाली जनताका बीचमा आएका छौं। हामी राजासहितको सनातन हिन्दु राष्ट्र कायम गर्न आएका छौं। यो व्यवस्थालाई नमान्ने भनेका छैनौं। यो संविधान विपरित होइन। हामीलाई आइन्दा नहेपियोस्।’

जनता समाजवादी पार्टी (जसपा) का सांसद राजकिशोर यादवले प्रेम आचार्यको आत्मदाहको विषयमा संसदमा केही विशेष प्रस्ताव आउनुपर्नेमा आउन नसक्नु दुःखद भएको बताए। साथै उनले संविधान अनुसार शपथ खाएर त्यस विपरीत बोल्नु संविधानविपरीत हुने धारणा व्यक्त गरे।

केही सातादेखि देशमा घटेका घटनाका कारण आफूलाई जनप्रतिनिधि भन्न पनि लज्जाबोध भएको पनि उनले बताए। आत्मदाह गरेका युवा व्यवसायी प्रेमप्रसाद   आचार्यको बारेमा संसदमा आवाज नउठ्नु दुःखदायी भएको उल्लेख गर्दै उनले सामाजिक रुपमा पिँधमा रहेको सप्तरी निवासी दलितको पनि महादलित रामदेव मरिक छोराको बिहेमा लिएको ऋण तिर्न नसक्दा आफ्नो इज्जत जोगाउन आत्महत्या गरेको तर उनको चर्चा नभएको तर सांसदहरुले ठुलाठुला गफ दिने गरेको बताए।  

प्रेम आचार्य के कति कारणले आत्मदाह गर्न बाध्य भए र त्यसबारे चर्चा होला भनेर आशा राखे पनि सदन मुर्दाको रुपमा स्थापित भएको उनले बताए। ‘प्रेम  आचार्यको बारेमा कसैलाई चिन्ता भएन, चासो भएन,’ उनले भने, ‘हामीचाहिँ अर्कै गाथा गाइरहेका छौं।’ 

राष्ट्रिय स्वतन्त्र पार्टी (राप्रपा) का सांसद मनीष झाले तराई–मधेसका पुरातात्विक सम्पदाले आवश्यक संरक्षण नपाउँदा तिनको परिचय र अस्तित्व कमजोर भएको बताए।

उनले जनकपुरको जानकी मन्दिरमा प्राचीन ढुंगा हटाएर मार्बल हालेको विषयमा ध्यानाकर्षण गराउँदै मन्दिरमा विद्युतीकरणका काममा भ्रष्टाचार भएको आरोप लगाए। 

प्रकाशित मिति: १६:१६ बजे, बुधबार, माघ १८, २०७९
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्