एमाले अध्यक्ष ओलीसँग बेलायती राजदूतको भेटवार्ता

काठमाडौं, माघ १८ : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग नेपालका लागि बेलायतका राजदूत निकोला पोलिटले आज शिष्टाचार भेटवार्ता गरेकी छन् ।
सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालय पुगेर राजदूत पोलिटले अध्यक्ष ओलीसँग भेटवार्ता गरेकी हुन्।
भेटमा दुई देशबीचको आपसी हितका विविध विषयमा छलफल भएको अध्यक्ष ओलीको सचिवालयले जनाएको छ ।
प्रकाशित मिति: १६:१० बजे, बुधबार, माघ १८, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











