Kathmandu Press

बागलुङमा एक पुरूषद्वारा घरभित्रै आत्मदाहकाे प्रयास

जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार बागलुङ नगरपालिका–८ सिगानाका ५२ वर्षीय शेरबहादुर जिसीले आज (बुधबार) आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका हुन्।
बागलुङमा एक पुरूषद्वारा घरभित्रै आत्मदाहकाे प्रयास

बागलुङ, माघ १८ : पछिल्लो समय भएका केही आत्मदाहले चर्चा पाइरहेको र मनोचिकित्सकहरूले सामाजिक सञ्जालका कारण यस्ता घटनाले विकराल रुप लिन सक्ने बताइरहेका बेला बागलुङमा पनि त्यस्तै प्रकृतिको घटना भएको छ।

त्यहाँ एक पुरुषले आफ्नै शरीरमा आगो लगाएर घरभित्रै आत्मदाहको प्रयास गरेका छन्। जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार बागलुङ नगरपालिका–८ सिगानाका ५२ वर्षीय शेरबहादुर जिसीले आज (बुधबार) आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका हुन्।

घरमा कोही नभएको अवस्थामा जिसीले पेट्रोल छर्केर शरीरमा आगो लगाएको प्रहरीले जनाएको छ। आगोले जलेर घाइते भएका उनको धौलागिरी अस्पतालमा उपचार भइरहेको  जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी गंगाबहादुर थापाले बताए।

उनका अनुसार जिसीले किन आत्मदाह गर्न खोजेका हुन् भन्ने कारणबारे केही खुलेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए।

प्रकाशित मिति: १६:०२ बजे, बुधबार, माघ १८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्