सुदूरपश्चिमको राजधानीका पूर्वाधार बन्न सकेनन् : सांसद बलायर
प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै उनले भने, 'भोगाधिकार किन रोकिएको हो? सुदूरपश्चिमले राष्टिय गौरवको कुनै पनि योजना पाउन सकेन।'
काठमाडाैं, माघ १८ : नेपाली कांग्रेसका सांसद वीरबहादुर बलायरले सुदूरपश्चिम प्रदेश राजधानी गोदावरीमा तोकिए पनि हालसम्म कुनै पूर्वाधार बन्न नसकेको भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराए।
प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै उनले भने, 'भोगाधिकार किन रोकिएको हो? सुदूरपश्चिमले राष्टिय गौरवको कुनै पनि योजना पाउन सकेन।'
उनले सुदूरपश्चिमको मेडिकल कलेजमा घाँस उम्रिएको भए पनि सञ्चालनका लागि ठोस् पहल नभएको भन्दै सरकारको ध्यानाकर्षण गराए।
संविधानमा हस्ताक्षर गर्ने सबैको कर्तव्य यसको रक्षा गरेकाे उनको भनाइ थियो। नेता बलायरले व्यवसायी पीडित हुने, बैंक नाफामा जाने अवस्थाको अन्त्य हुनुपर्ने, थारुका समस्या समाधान हुनुपर्नेलगायत विषयमा आफ्ना धारणा व्यक्त गरे।
प्रकाशित मिति: १५:४५ बजे, बुधबार, माघ १८, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











