Kathmandu Press

संघीयता र धर्मनिरपेक्षतासम्बन्धी सांसद पन्त र बस्नेतकाे भनाइप्रति शाहीले जनाए नियमापत्ति

प्रतिनिधिसभाको बुधबारको बैठकमा एमाले संसद रघुजी पन्त र माओवादी केन्द्रका सांसद शक्ति बस्नेतले बोलिसकेपछि ती दुई सांसदका भनाइप्रति असहमति जनाउँदै सांसद शाहीले नियमापत्ति जनाएका हुन्।
संघीयता र धर्मनिरपेक्षतासम्बन्धी सांसद पन्त र बस्नेतकाे भनाइप्रति शाहीले जनाए नियमापत्ति

काठमाडौं, माघ १८ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सांसद ज्ञानेन्द्रबहादुर शाहीले प्रतिनिधिसभाको बैठक चलिरहँदा नियमापत्ति जनाएका छन्।

प्रतिनिधिसभाको बुधबारको बैठकमा एमाले संसद रघुजी पन्त र माओवादी केन्द्रका सांसद शक्ति बस्नेतले बोलिसकेपछि ती दुई सांसदका भनाइप्रति असहमति जनाउँदै सांसद शाहीले नियमापत्ति जनाएका हुन्।

पन्त र बस्नेतले राप्रपालाई लीक्षत गरेर संविधान कार्यान्वयनको विषय, धर्म निरपेक्षताको विषयमा आफ्नो अभिव्यक्ति दिएपछि उनले नियमापत्ति जनाएका हुन्। उनले सीता नेपालकी छोरी भएको, ३२ कोटी देवटा नेपालकै रहेको, विश्वको प्रसिद्ध ग्रन्थ गुरु वेदव्यासले लेखेको वेद नेपालको भएको दाबी गर्दै उनले कोही नास्तिक नहुने दाबी गर्दै संविधान संशोधन गर्न सकिने बताए। 

धर्म निरपेक्षता र संघीयता चाहिन्छ चाहिँदैन भनेर किन सार्वजनिक बहस नगरिएको भन्दै उनले प्रश्न पनि गरे। गणतन्त्र चाहिन्छ कि चाहिँदैन भनेर यही सदनमा बहस गर्न सकिने जिकिर पनि उजनले गरे। शाहीले नियमापत्ति जनाएपछि बोल्न खोजेका बस्नेत र पन्तलाई सभामुखले रोके। 

प्रकाशित मिति: १५:४० बजे, बुधबार, माघ १८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्