Kathmandu Press

भारतले नेपाललाई ५५० करोड भारु अनुदान दिने 

भारतले नेपाललाई ५५० करोड भारु अनुदान दिने 
Hardik ivfHardik ivf

काठमाडौं, माघ १८ : भारतले आगामी आर्थिक वर्षमा नेपाललाई ५५० करोड भारु अनुदान दिने भएको छ । 

बुधबार भारतको नयाँ बजेट सार्वजनिक गर्दै भारतीय वित्त मन्त्री निर्मला सीतारमणले नेपाललाई दिने अनुदानबारे जानकारी दिएकी हुन् ।  जसअनुसार आगामी आर्थिक वर्ष नेपाललाई साढे पाँच अर्ब भारु अनुदान दिने प्रतिबद्धता गरेकी छन् । 

गतवर्ष भारतले नेपाललाई ४२५ करोड अनुदान प्रतिबद्धता गरेको थियो । 

यसपालि भारतले सबैभन्दा धेरै अनुदान भुटानलाई दिने भएको छ। भुटानले १६३२ करोड अनुदान पाउने भएको छ भने ७८८ करोड ऋण पाउने छ।

प्रकाशित मिति: १५:२९ बजे, बुधबार, माघ १८, २०७९
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्