भारतले नेपाललाई ५५० करोड भारु अनुदान दिने

काठमाडौं, माघ १८ : भारतले आगामी आर्थिक वर्षमा नेपाललाई ५५० करोड भारु अनुदान दिने भएको छ ।
बुधबार भारतको नयाँ बजेट सार्वजनिक गर्दै भारतीय वित्त मन्त्री निर्मला सीतारमणले नेपाललाई दिने अनुदानबारे जानकारी दिएकी हुन् । जसअनुसार आगामी आर्थिक वर्ष नेपाललाई साढे पाँच अर्ब भारु अनुदान दिने प्रतिबद्धता गरेकी छन् ।
गतवर्ष भारतले नेपाललाई ४२५ करोड अनुदान प्रतिबद्धता गरेको थियो ।
यसपालि भारतले सबैभन्दा धेरै अनुदान भुटानलाई दिने भएको छ। भुटानले १६३२ करोड अनुदान पाउने भएको छ भने ७८८ करोड ऋण पाउने छ।
प्रकाशित मिति: १५:२९ बजे, बुधबार, माघ १८, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











