Kathmandu Press

संघीयताकाे इमान्दार कार्यान्वयन र राष्ट्रिय सहमित अहिलेकाे आवश्यकता : शक्ति बस्नेत

‘बनेका नीति र विधिहरू इमानदारीपूर्वक कार्यान्वयन गर्न सकिएको छैन। संघीयताको आवश्यकता बोध गर्न कर्णाली, सुदूरपश्चिम प्रदेशमा जानुपर्छ, पूर्वी पहाड र मधेसमा जानुपर्छ। राजधानी काठमाडौं बसेर संघीयता बोध हुँदैन,’ उनले भने।
संघीयताकाे इमान्दार कार्यान्वयन र राष्ट्रिय सहमित अहिलेकाे आवश्यकता : शक्ति बस्नेत
Hardik ivfHardik ivf

काठमाडौं, माघ १८ : माओवादी केन्द्रका सांसद शक्ति बस्नेतले संघीयता कार्यान्वयनलाई प्रभावकारी बनाउन नसक्दा संघीयताविरुद्ध आवाज उठेको बताएका छन्। प्रतिनिधि सभाको बुधबारको बैठकमा विशेष समय लिएर बोल्ने क्रममा उनले त्यस्ताे बताएका हुन्।

उनले संघीयता कार्यान्वयन फितलाे हुँदा व्यवस्था फेरिए पनि अवस्था नफेरिएको बताए। संसदीय प्रजातन्त्र, समावेशी लोकतन्त्र र समाजवादी लोकतन्त्रको समिश्रण अहिलेको संघीय लोकतान्त्रिक शासन प्रणाली भएको उनको भनाइ थियो।

यो आफैंमा नेपाली मौलिकता र विशेषतासहितको उन्नत शासनप्रणली भएको उनले बताए। अहिलेको यो व्यवस्था समस्याको कारण नभएको उनको जिकिर थियो। व्यवस्थाले खोजेको नीति र विधिहरू बनाउन नसकिएको उनले बताए। ‘बनेका नीति र विधिहरू इमानदारीपूर्वक कार्यान्वयन गर्न सकिएको छैन। संघीयताको आवश्यकता बोध गर्न कर्णाली, सुदूरपश्चिम प्रदेशमा जानुपर्छ, पूर्वी पहाड र मधेसमा जानुपर्छ। राजधानी काठमाडौं बसेर संघीयता बोध हुँदैन,’ उनले भने।  

उनले देशमा असमान विकासको अवस्थालाई चिर्न संघीयताको खाँचो परेको उनले बताए। उनले भने, ‘विविधतालाई सम्बोधन गर्न र असमानता चिर्न संघीयता चाहियो। यसको इमान्दार कार्यान्वयन आवश्यक छ। यसका लागि ऐन बनाउन आवश्यक छ।’  उनले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) तिर इंगित गर्दै सरकारमा बसेर संविधानको विरुद्धमा बोल्न नपाइने पनि उल्लेख गरे। सडक र सदनमा असन्तुष्टि स्वीकार्य भए पनि सरकारमा बसेर संविधानको मूल्यभन्दा बाहिर गएर कसैले बोलन नहुने भनाइ राख्दै उनले त्यस्तो अवस्था दोहोरिन नदिन सचेत पनि गराए।  

प्राकृतिक रुपले सम्पन्न मुलुक भए पनि विभिन्न चुनौतीको सामना मुलुकले गरिरहेको उनले बताए। उन्नत राजनीतिक व्यवस्था भए पनि सामाजिक र आर्थिक अवस्थामा अझै पछौटेपन रहेको उनले बताए। यसले निम्त्याएको अन्तरविरोधलाई सम्बोधन गर्नु अहिलेको आवश्यकता भएको उनले बताए। राजनीतिक स्थिरता, सुशासन कायम गरेर मुलुकताई समृटितर्फ धकेल्नुपर्ने राष्ट्रिय आवश्यकता रहेको उनले बताए। सम्भावना र चुनौतीहरुलाई सम्बोधन गर्न राष्ट्रिय सहमतिको खाँचो उनले औंल्याए।

प्रकाशित मिति: १५:०५ बजे, बुधबार, माघ १८, २०७९
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्