Kathmandu Press

मन्त्रीहरूलाई संविधानको मान्यविपरीतका अभिव्यक्ति नदिन एमाले सांसद पन्तकाे आग्रह

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले राष्ट्रियसभामा बोल्ने क्रममा संविधानविपरीत नबोल्न मन्त्रिपरिषदका सदस्यलाई सचेत गराए पनि सहरी विकास मन्त्री विक्रम पाण्डे र कानुन न्याय तथा संसदीय मामीला मन्त्री ध्रुवबहादुर प्रधानले संविधानको विपरीत हुनेगरी अभिव्यक्ति दिएको उदाहरणा पनि पेस गरे। 
मन्त्रीहरूलाई संविधानको मान्यविपरीतका अभिव्यक्ति नदिन एमाले सांसद पन्तकाे आग्रह
Hardik ivfHardik ivf

काठमाडौं, माघ १८ : एमाले सांसद रघुजी पन्तले सरकारका मन्त्रीहरूलाई संविधानको मान्यविपरीतका अभिव्यक्ति नदिन आग्रह गरेका छन्।

प्रतिनिधि सभाको बुधबारको बैठकमा विशेष समय लिएर बोल्ने क्रममा उनले संविधानविपरीत मन्त्रीहरूले संविधानविरोधी अभिव्यक्ति दिइरहेको भन्दै त्यस्तो नगर्न आग्रह गरेका हुन्।

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले राष्ट्रियसभामा बोल्ने क्रममा संविधानविपरीत नबोल्न मन्त्रिपरिषदका सदस्यलाई सचेत गराए पनि सहरी विकास मन्त्री विक्रम पाण्डे र कानुन न्याय तथा संसदीय मामीला मन्त्री ध्रुवबहादुर प्रधानले संविधानको विपरीत हुनेगरी अभिव्यक्ति दिएको उदाहरणा पनि पेस गरे। 

‘सरकारमा सहभागी मन्त्रीहरूले नै संविधानको मान्यताविपरीत धर्मनिरपेक्षता नमान्ने, संघीयता नमान्ने भन्दै बोलिरहनुभएको छ,’ संविधानअनुसार शपथ ग्रहण गर्नुभएका मन्त्रीज्यूहरूले संविधान विपरीत बोल्नै मिल्दैन।’

संविधानको अधीनमा रहेर मन्त्रीहरूले आफ्नो अभिव्यक्ति र गतिविधिलाई नियन्त्रण गर्नुपर्नेम उनले जोड दिए। उनले संसदीय मामीला मन्त्री ध्रुवबहादुर प्रधानले संविधानको बर्खिलापमा अभिव्यक्ति दिएको बताए।

संविधानका आधारभूत संरचनामै प्रधानमन्त्री र मन्त्रीज्यूहरु बाँझिनु मुलुकको लोकतन्त्रका लागि राम्रो लक्षण नभएको बताए। पार्टी र सांसदको आआफ्ना बेग्लाबेग्लै धारणा र विचार भए पनि मन्त्रिपरिषदमा बसेका मन्त्रीहरूलाई संविधानको मर्मविपरीट बोल्ने छुट नभएको उनको भनाइ थियो।  

उनले धर्मका कारण विश्वमा धेरै युद्धहरू भए पनि नेपालले शान्तिको सन्देश दिएको बताए। ‘नेपाल बुद्ध जन्मिएको देश हो। बुद्ध विश्व शान्तिका दुत हुन्,' उनले भने, 'त्यसैले हामी यहाँ धर्मका माध्यमबाट जोडियौं, जोड्ने माध्यम बनाऔं।’

उनले यो सरकारले स्थिरता दिए पनि संविधानका आधारभूत विषयहरूमा प्रश्न उठाउन नपाइने बताए। सांसद पन्तले अहिलेको सरकार संयुक्त सरकार भएकाले न्यूनतम साझा कार्यक्रमलाई आधार बनाएर सञ्चालित हुनुपर्नेमा जाेड दिए।

प्रकाशित मिति: १४:२४ बजे, बुधबार, माघ १८, २०७९
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्