Kathmandu Press

अप्रिय घटना हुनपूर्व नै सानाकिसानलाई क्षतिपूर्तिबापतको रकम उपलब्ध गराउन गगनको माग 

अप्रिय घटना हुनपूर्व नै सानाकिसानलाई क्षतिपूर्तिबापतको रकम उपलब्ध गराउन गगनको माग 
फाइल तस्बिर
Hardik ivfHardik ivf

काठमाडौं, माघ १८ : नेपाली कांग्रेसका सांसद गगन थापाले बर्डफ्लू नियन्त्रणका लागि सरकारले साना किसानको कुखुरा फार्म नष्ट गरेपनि उनीहरुलाई अहिलेसम्म क्षतिपूर्ति नदिएको प्रति असन्तुष्टि ब्यक्त गरेका छन् । 

बुधबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद थापाले साना किसानलाई उनीहरुले पाउनुपर्ने क्षतिपूर्तिवापतको रकम दिन सरकारले झुलाइरहेको बताएका हुन् ।

उनले साना किसानलाई यथाशिघ्र क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरेका छन् । सैयौंको संख्यामा साना किसानहरु कृषि मन्त्रालय पुगेर रोइकराई  गर्दासमेत सरकार उदासिन बनेको उनले बताए। 

बैंकबाट ऋण लिएर कुखुरा फार्म चलाउने किसानलाई समयमै क्षतिपूर्तिबापतको रकम नदिँदा अप्रिय घटना हुनसक्नेतर्र्फ सचेत रहन पनि थापाले आग्रह गरे । ‘नियमानुसार इनले पाउने क्षतिपूर्ति ५८ करोड छ । सरकार दिन्न भन्दैन दिन्छु भन्छ, तर दिँदैन। सरकार झुलाउँछ । किनकी सरकारलाई भ्याइनभ्याइ छ । तर, बैंकले किसानलाई अँठ्याउँछ । सरकालाई मेरो प्रश्न छ, बैंकको ऋणले थिचिएका साना किसानहरुले कुनै अप्रिय निर्णय नगर्ने बेलासम्म कुर्ने हो ?’थापाले भने । 

सांसद थापाले अगाडि भने, ‘अप्रिय निर्णय गरिसकेपछि आँसु बगाउँदै सहानुभूति प्रकट गर्दै छानविन गर्न समिति बनाउने हो की ? यस्तो निर्णय नहोस् भन्नका लागि ऋणले थिचिएका यी साना किसानहरुलाई जोगाउनका लागि सरकारले दिन्छु भनेको दिनैपर्ने दिने निर्णय गरेको केबल झुलाइमात्र रहेको यो प्रपञ्चबाट बाहिर निक्लेर आफूले दिनुपर्ने रकम दिने हो ?’
 

प्रकाशित मिति: १४:१६ बजे, बुधबार, माघ १८, २०७९
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्