Kathmandu Press

एस निकट अनेरास्ववियुले माग्यो जनक शिक्षा सामाग्री केन्द्रका प्रवन्ध निर्देशकको राजीनामा 

एस निकट अनेरास्ववियुले माग्यो जनक शिक्षा सामाग्री केन्द्रका प्रवन्ध निर्देशकको राजीनामा 
Hardik ivfHardik ivf

काठमाडौं, माघ १८ : जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडका प्रवन्ध निर्देशकको राजीनामा माग गर्दै अनेरास्ववियुले प्रदर्शन गरेको छ । 

जनक शिक्षाका प्रवन्ध निर्देशकका कारण संस्थान धरासयी भएको भन्दै नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियुले भक्तपुरस्थीत केन्द्रमा पुगेर प्रदर्शन गरेका हुन् । 

उनीहरुले केन्द्रमा भएको भ्रष्टाचार छानविन गर्न माग गरेका छन् भने विद्यार्थीहरुलाई पाठ्यपुस्तक समयमा नै उपलव्ध गराउनुपर्ने भन्दै नारावाजी गरेका थिए । प्रदर्शनका क्रममा उनीहरुले केन्द्रको गेटको ताला फोडेर भित्र प्रवेश गरेपछि प्रहरीले बलपूर्वक बाहिर निकालेको थियो । 

ansfu1675235449.jpg

अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले केन्द्रको प्रवन्ध निर्देशकले कमिसनको लोभमा पाठ्यपुस्तक छपाउने जिम्मा निजी क्षेत्रलाई दिने कामको विरोध गरिएको बताए । उनले भ्रष्टाचारमा मुछिएकाहरुलाई सरकारले कारवाही नगरे सशक्त आन्दोलन गर्ने चेतावनी दिए। 

भ्रष्टाचारीहरुलाई कुनै पनि संस्थानको जिम्मेवारी नदिन सरकारको ध्यानाकर्षण गराउने उनले  बताए । अनेरास्ववियुले केन्द्रको व्यवस्थापन ले नै समयमा नै पाठ्यपुस्तक नपठाएको आरोप लगाएको छ। 

प्रकाशित मिति: १२:५३ बजे, बुधबार, माघ १८, २०७९
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्