प्रदेश १ का मुख्यमन्त्रीले भेटे प्रधानमन्त्री प्रचण्डलाई

काठमाडौं, माघ १८ : प्रदेश नम्बर १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन् ।
बुधबार बिहान बालुवाटार पुगेर मुख्यमन्त्री कार्कीले प्रधानमन्त्रीलाई भेटेका हुन् ।
भेटवार्तामा प्रधानमन्त्री प्रचण्डले मुख्यमन्त्री कार्कीलाई बधाई र शुभकामना दिएका छन्।
नेकपा एमालेबाट निर्वाचित कार्कीले प्रदेश सभामा पुस २९ गते विश्वासको मतसमेत पाइसकेका छन्।
प्रकाशित मिति: १२:४७ बजे, बुधबार, माघ १८, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











