Kathmandu Press

क्यानको कार्यवाहक सचिवमा दुर्गाराज पाठक 

क्यानको कार्यवाहक सचिवमा दुर्गाराज पाठक 

काठमाडौं, माघ १८ : नेपाल क्रिकेट संघ (क्यान)को कार्यवाहक सचिवको जिम्मेवारी दुर्गाराज पाठकले पाएका छन् । 

कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले राजीनामा दिएपछि क्यानको कार्यसमिति बैठकले पाठकलाई जिम्मेवारी दिएको हो । 

नेपाल टी२० लिगको चर्को आलोचना भएपछि मल्लले राजीनामा दिएका हुन्।  

नेपाल टी–२० लिगमा प्रक्रियासंगत निर्णय नलिँदा विवाद भएको तथा कार्यसम्पादन समितिको नाममा पदाधिकारीको मनोमानी बढेको भन्दै असन्तुष्ट केन्द्रीय सदस्यहरुले मंगलबार अध्यक्ष चतुरबहादुर चन्दसहित कार्य सम्पादन समितिका पाँच जनाको राजीनामा मागेका थिए ।
 

प्रकाशित मिति: १२:२० बजे, बुधबार, माघ १८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्