Kathmandu Press

बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता 

राष्ट्रिय स्वतन्त्र पार्टी र गृहमन्त्रलायको बारेमा छलफल गर्न ओली बालुवाटार पुगेका हुन् ।
बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता 
Hardik ivfHardik ivf

काठमाडौं, माघ १८ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन् । बुधबार बिहान बालुवाटार पुगेर ओलीले प्रधानमन्त्रीसँग छलफल गरेका हुन् । 

राष्ट्रिय स्वतन्त्र पार्टी र गृहमन्त्रलायको बारेमा छलफल गर्न ओली बालुवाटार पुगेका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टीले गृहमन्त्रालय नछोड्ने बताउँदै आएका छन् । उनले मंगलबार प्रधानमन्त्री प्रचण्ड र ओलीलाई भेटेर गृह नपाए सरकारबाट बाहिरिने चेतावनी दिएका थिए । 

एमाले अध्यक्ष ओली भने रास्वपाले नै गृहमन्त्रालय पाउनुपर्नेमा सकारात्मक छन् । उनले रविलाई नै पुनः गृहमन्त्री बनाउन प्रचण्डलाई दबाब दिँदै आइरहेका छन् । 

प्रधानमन्त्री प्रचण्ड भने गृहमन्त्री आफै राख्न चाहन्छन् । माओवादीको बैठकमै प्रचण्डले रविको बारेमा सर्वोच्च अदालतले गरेको फैसलाको पूर्ण पाठ नआउन्जेल गृहमन्त्रालयको बारेमा निर्णय नगर्ने बताइसकेका छन् । 

 

प्रकाशित मिति: ११:१० बजे, बुधबार, माघ १८, २०७९
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्