माओवादीको पदाधिकारी र स्थायी कमिटी बैठक स्थगित

काठमाडौं, माघ १८ : नेकपा माओवादी केन्द्रको आज बस्ने भनिएको पदाधिकारी र स्थायी कमिटी बैठक स्थगित भएको छ।
माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले भोलि बस्नेगरी आजको बैठक स्थगित भएको जानकारी दिएका छन् ।
बैठकका लागि आवश्यक तयारी नपुगेको र पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको कार्यव्यवस्तताका कारण बैठक स्थगित गरिएको उनले बताए ।
माओवादी केन्द्रले पार्टीका नेताको कार्यविभाजन, जिम्मेवारी हेरफेर, सरकारमा पार्टीको भूमिका लगायतका विषयमा छलफल गर्न स्थायी कमिटी बैठक बोलाएको थियो।
प्रकाशित मिति: १०:२६ बजे, बुधबार, माघ १८, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











