Kathmandu Press

माओवादीको पदाधिकारी र स्थायी कमिटी बैठक स्थगित 

माओवादीको पदाधिकारी र स्थायी कमिटी बैठक स्थगित 
Hardik ivfHardik ivf

काठमाडौं, माघ १८ : नेकपा माओवादी केन्द्रको आज बस्ने भनिएको पदाधिकारी र स्थायी कमिटी बैठक स्थगित भएको छ। 

माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले भोलि बस्नेगरी आजको बैठक स्थगित भएको जानकारी दिएका छन् । 

बैठकका लागि आवश्यक तयारी नपुगेको र पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल  प्रचण्डको कार्यव्यवस्तताका कारण बैठक स्थगित गरिएको उनले बताए । 

माओवादी केन्द्रले  पार्टीका नेताको कार्यविभाजन, जिम्मेवारी हेरफेर, सरकारमा पार्टीको भूमिका लगायतका विषयमा छलफल गर्न स्थायी कमिटी बैठक बोलाएको थियो।
 
 

प्रकाशित मिति: १०:२६ बजे, बुधबार, माघ १८, २०७९
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्