Kathmandu Press

रविविरुद्धको उजुरी दर्ता गर्न मानेन प्रहरीले

काठमाडौँ प्रमुख दानबहादुर कार्कीका अनुसार नागरिकता सम्बन्धी विवादमा सर्वोच्च अदालतले गरेको फैसलाको पूर्णपाठ नआएको हुनाले जाहेरी दर्ता नगरिएको हो । 
रविविरुद्धको उजुरी दर्ता गर्न मानेन प्रहरीले
Hardik ivfHardik ivf

काठमाडौं, माघ १८ : सर्वोच्च अदालतको आदेशबाट मन्त्री र सांसद पद गुमाएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलो दोहारो राहदानीविरुद्ध अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर काठमाडौँमा उजुरी परे पनि दर्ता भने हुन सकेको छैन  । 

सिन्धुली जिल्लाका युवराज पौडेल सफलले मंगलबार काठमाडौँ प्रहरी कार्यालयमा अमेरिका र नेपालको दोहोरो राहादानी लिएको आरोपमा अनुसन्धान गर्न उजुरी दिए पनि प्रहरीले उनीविरुद्धको उजुरी भने हाललाई दर्ता गरिएको छैन् । 

काठमाडौँ प्रमुख दानबहादुर कार्कीका अनुसार नागरिकता सम्बन्धी विवादमा सर्वोच्च अदालतले गरेको फैसलाको पूर्णपाठ नआएको हुनाले जाहेरी दर्ता नगरिएको हो । 

निवेदनमा पौडेलले खारेज भएको नागरिकताका आधारमा राहदानी लिएको भन्दै लामिछानेलाई राहदानी ऐन अनुसार कारबाही गर्न माग गर्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिन गएका थिए । 

प्रकाशित मिति: ०८:३९ बजे, बुधबार, माघ १८, २०७९
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्