Kathmandu Press

धेरै ठाउँको मौसम सामान्यतया सफा

पश्चिमी न्यून चापीय प्रणाली कमजोर बनेकाले आजदेखि दुई र तीन दिन धेरै ठाउँको मौसम सफा नै रहने अनुमान गरिएको हो । 
धेरै ठाउँको मौसम सामान्यतया सफा

काठमाडौं, माघ १८ : धेरै ठाउँको मौसम सामान्यतया सफा रहने मौमसविद्ले बताएका छन् । 

पश्चिमी न्यून चापीय प्रणाली कमजोर बनेकाले आजदेखि दुई र तीन दिन धेरै ठाउँको मौसम सफा नै रहने अनुमान गरिएको हो । 

उनका अनुसार प्रदेश १, बागमती र गण्डकी प्रदेशको मौसम आंशिक बद्ली हुने सम्भावना छ । तर, कहि कतै बादल लागे पनि सामान्यतया मौसम सफा नै रहने उनले बताए । पश्चिमी न्यून चापीय प्रणालीका कारण हिजो र अस्ति धेरै ठाउँको मौसम धुम्म भएको थियो ।

अस्ति धुम्म भएको काठमाण्डौमा भने हिजो दिउँसो भने पारिलो घाम लागेको थियो । पारिलो घाम लागेसँगै काठमाण्डौको अधिकतम तापक्रम बढेको छ । हिजो काठमाण्डौको अधिकतम तापक्रम २४ डिग्री सेल्सियस पुगेको मापन गरिएको छ । 

प्रकाशित मिति: ०७:५६ बजे, बुधबार, माघ १८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्