Kathmandu Press

माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्दै

माओवादी केन्द्रको स्थायी समिति बैठकमा पेस गर्ने नेताहरुको कार्य विभाजनसम्बन्धी प्रस्ताव तयार पार्न महासचिव देवप्रसाद गुरुङ नेतृत्वको कार्यदल बनाएको थियो । 
माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्दै

काठमाडौं, माघ १८ : सत्तारुढ नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक आज बस्दै छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्नेछ । 

मंगलबारका लागि बोलाइएको बैठक पार्टीको संगठनसम्बन्धी ‘होमवर्क’ नसकिएकाले आजका लागि सारिएको थियो ।

माओवादी केन्द्रको स्थायी समिति बैठकमा पेस गर्ने नेताहरुको कार्य विभाजनसम्बन्धी प्रस्ताव तयार पार्न महासचिव देवप्रसाद गुरुङ नेतृत्वको कार्यदल बनाएको थियो । 

त्यसमा सहमति जुटाउन पदाधिकारी बैठक बसेको थियो । बैठकमा समसामयिक विषयमा पनि छलफल हुनेछ । राष्ट्रपति पदको निर्वाचन, गृह मन्त्रालयको नेतृत्वलगायत विषयमा पनि छलफल हुने नेताहरूले बताएका छन् । 

प्रकाशित मिति: ०७:४५ बजे, बुधबार, माघ १८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्