Kathmandu Press

प्रचण्ड र देउवाबीच के-के विषयमा भयो कुराकानी?

काठमाडौं, पुस २१ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच सोमबार....

प्रचण्ड र देउवाबीच के-के विषयमा भयो कुराकानी?
फाइल फाेटाे

काठमाडौं, पुस २१ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच सोमबार भेटवार्ता भएको छ।

सोमबार बिहान नेकपा अध्यक्ष प्रचण्ड कांग्रेस सभापति देउवा निवास बुढानिलकण्ठ पुगेका हुन्। उनीहरुबीच झण्ड दुई घण्टा भेटवार्ता भएको जनाएको छ। अध्यक्ष प्रचण्डको सचिवालयले समसामयिक विषयमा कुराकानी भएको जनाएको छ। त्यस्तै, देउवाको सचिवालयले पनि समसामयिक राजनीतिक विषयमा छलफल भएको जनाएको छ।

स्रोतका अनुसार, उनीहरूबीच सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानविन आयोगबारे छलफल भएको छ। दुवै आयोगको नेतृत्व चयनबारे सहमति जनाउन प्रचण्डले देउवालाई आग्रह गरेका छन्।

दुवै नेताले द्वन्द्वका घटना सुल्झाउने गरि दुवै आयोगको नेतृत्व चयनका विषयमा छलफल गरेका छन्। दुवै आयोगको नेतृत्व चयनका विषयमा ढिलाइ गर्न नहुने र यसमा कांग्रेसको साथ चाहेको जनाएको छ।

१० वर्षे माओवादी सशस्त्र द्वन्द्वकालमा भएका मानवता र मानवीय कानूनविरुद्धका जघन्य अपराधमा संलग्न व्यक्तिलाई आममाफी दिन नहुने पक्षमा सर्वोच्च अदालतले पनि आदेश थिएको थियो। त्यस्तै, राष्ट्रिय मानवअधिकार आयोगले पनि योजनाबद्ध रुपमा गरिएका हत्या, बलात्कारजस्ता घटनामा संलग्न अपराधीलाई फौजदारी कसुरबमोजिम दण्ड दिनुपर्नेमा जोड दिँदै आएको छ।

यसैगरि सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन सर्वोच्च अदालतले विगतमा दिएको आदेश, संयुक्त राष्ट्रसंघको सुझाव र राष्ट्रिय मानवअधिकार आयोगले दिएको सुझावलाई समेट्ने गरी संशोधन गर्न सरकारलाई दबाब परिरहेको छ।  दुवै नेताबीच यी सबै विषयलाई लिएर छलफल भएको जनाएको छ।

प्रकाशित मिति: १३:१७ बजे, सोमबार, पुस २१, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्