रवि लामिछानेविरुद्धको जाहेरी प्रहरीले लिन मानेन

काठमाडौं, माघ १७ : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको जाहेरी प्रहरीले लिन अस्वीकार गरेको छ।
खारेज भएको नागरिकताका आधारमा राहदानी लिएको भन्दै राहदानी ऐनअनुसार कारबाही गर्न माग गर्दै सिन्धुलीका युवराज सफल(पौडेल) ले काठमाडौंं प्रहरी परिसरमा बुझाएको जाहेरी प्रहरीले लिन नमानेको हो ।
काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी दानबहादुर कार्कीले नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्चले गरेको फैसलाको पूर्णपाठ नआइसकेका कारण जाहेरी दर्ता नगरिएको जानकारी दिए ।
त्यस्तै अध्यागमन विभागले पनि रविविरुद्धको उजुरी दर्ता गर्न अस्वीकार गरेको छ ।
प्रकाशित मिति: १७:११ बजे, मंगलबार, माघ १७, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











