पप्पु कन्स्ट्रक्सन एक वर्ष कालोसूचीमा
काठमाडौं, पुस २१ : पप्पु कन्स्ट्रक्सनलाई एक वर्षका लागि कालोसूचीमा राखिएको छ।
सार्वजनिक खरिद अनुगमनको कार्यालयले सोमबार सूचना जारी गरि रमण&n....

काठमाडौं, पुस २१ : पप्पु कन्स्ट्रक्सनलाई एक वर्षका लागि कालोसूचीमा राखिएको छ।
सार्वजनिक खरिद अनुगमनको कार्यालयले सोमबार सूचना जारी गरि रमण–पप्पु जेभीलाई कालोसूचीमा राखिएको जनाएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत रहेको सार्वजनिक खरिद अनुगमनको कार्यालयले एक वर्षको लागि कालोसूचीमा राखेको हो।
कार्यालयका अनुसार, २०७६ साउन २१ गतेदेखि लागु हुने गरि धनुषाको जनकपुर–९ स्थित रमण–पप्पु जेभीलाई सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा १ बमोजिम् कालोसूचीमा राखिएको जनाएको छ।
कालोसूचीमा राखिएको अवधिभर रमण–पप्पु जेभीले सार्वजनिक निकायको कुनै पनि खरिद प्रक्रियामा भाग लिन पाउनेछैन। यसका लागि हुलाकी सडक निर्देशनालयले पत्र पठाएर कालोसूचीमा राख्न सिफारिश गरेको थियो।
पप्पु कन्स्ट्रक्सनले विभिन्न ठाउँमा ठेक्का लिने तर काम अधुरै छाड्ने गरेपछि कालोसूचीमा राख्नु परेको हुलाकी सडक निर्देशनालयले जनाएको छ।
याे पनि पढ्नुस् :पप्पु कन्स्ट्रक्सनले ठेक्का पाएका सबै पुल अधुरै









![क्यान्भासमा जलवायु परिवर्तनको सन्देश [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1784705899.jpg)

