Kathmandu Press

ट्रान्सपरेन्सी इन्टरनेशनलको प्रतिवेदन :  भ्रष्टाचारमा नेपाल सात स्थान तल झर्‍याे 

१०० पूर्णङ्कमा नेपालले यस बर्ष ३४ अंक मात्र पाएको छ । ५० अंक भन्दा कम नम्वर ल्याउने मुलुक भ्रष्टाचारमा नाजुक देशको सूचीमा गणना हुने गर्दछ ।
ट्रान्सपरेन्सी इन्टरनेशनलको प्रतिवेदन :  भ्रष्टाचारमा नेपाल सात स्थान तल झर्‍याे 

काठमाडौं, माघ १७ : ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालद्वारा मङ्गलवार सार्वजनिक भ्रष्टाचार सम्बन्धी विश्वव्यापी सूचकाङ्क (सीपीआई)–२०२२ ले भ्रष्टाचार हुने देशहरूको सूचीमा नेपाल ११० औँ स्थानमा परेको तथ्य उजागर गरेको छ। 

१०० पूर्णङ्कमा नेपालले यस बर्ष ३४ अंक मात्र पाएको छ । ५० अंक भन्दा कम नम्वर ल्याउने मुलुक भ्रष्टाचारमा नाजुक देशको सूचीमा गणना हुने गर्दछ । यस बर्ष नेपाल ११० औँ स्थानमा दर्ज हुँदै गत बर्ष भन्दा सात ‘स्टेप’ तल झरेको छ । नेपालको स्थान औसत भन्दा तल रहेको भष्टाचार गम्भीर समस्याकै रुपमा प्रतिवेदनले औंल्याएको छ । 

ट्रान्सपेरन्सीको सीपीआई प्रतिवेदन अनुसार पछिल्लो दुई वर्ष नेपाल ११७ औँ स्थानमा थियो । अघिल्लो बर्ष नेपालले १०० पूर्णाङ्कमा ३३ अंक पाएको थियो । दक्षिण एसियामा ६८ अंक पाएर भुटान २५ औँ स्थानमा रहेको छ । 

दक्षिण एसियामा सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकमा अफगानिस्तान दर्ज भएको छ । ट्रान्सपरेन्सी नेपालले यस बर्ष विश्वका १८० देशहरूलाई समेटेर सूचकाङ्क मापन गरेको जनाएको छ । सीपीआई प्रतिवेदन अनुसार कम भ्रष्टाचार हुने देशमा ९० अंक सहित डेनमार्क सबै भन्दा अघि देखिएको छ । १२ अंक सहित सोमालिया सबैभन्दा धेरै भ्रष्टाचार हुने देशमा दरिएको छ । 

विश्व बैंक, वर्ल्ड इकोनोमिक फोरम, ग्लोबल इनसाइट, बर्टेल्सम्यान फाउन्डेशन, वर्ल्ड जस्टिस प्रोजेक्ट र भी डीईएम सहित ६ वटा संस्थाद्वारा प्रकाशित सर्वेक्षणलाई सीपीआई २०२२ को आधार मानिएको छ । 

ट्रान्सपरेन्सीले राजनीति, वित्त, न्यायलगायत ६ वटा मापदण्डको आधारमा देशहरूलाई वर्गीकरण गरी भ्रष्टाचारको सूचकाङ्क सार्वजनिक गर्दै आएको छ । प्रतिवेदन सार्वजनिक गर्दै टिआई नेपालकी अध्यक्ष पद्यिनी प्रधानाङंगले नेपाल एक अंकले घटे पनि भ्रष्टारव्याप्त मुलुकको अवस्थामै रहेको बताइन् ।

‘५० भन्दा कम अंक प्राप्त गर्ने मुलुकहरु भ्रष्टचार व्याप्त मुलुकमा गणना हुने हुँदा नेपालमा पनि भ्रष्टचार कम भयो भनेर खुसी हुने अवस्था छैन,’ प्रधानाङ्गको भनाई थियो । 
 
 

प्रकाशित मिति: १५:०२ बजे, मंगलबार, माघ १७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्