Kathmandu Press

रवि लामिछानेले भटे प्रधानमन्त्री

रविले मंगलबार बिहान प्रधानमन्त्री निवसा बालुवाटारमा प्रधानमन्त्री दहाललाई भटेका हुन्।
रवि लामिछानेले भटे प्रधानमन्त्री

काठमाडाैं, माघ १७ : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेका छन्। रविले मंगलबार बिहान प्रधानमन्त्री निवसा बालुवाटारमा प्रधानमन्त्री दहाललाई भटेका हुन्।

नागरिकता प्रकरणमा सर्वोच्च अदालतले नागरिकता खारेज गरिदिएपछि रविले उपप्रधानमन्त्री र गृहमन्त्री तथा पार्टी सभापति पद पनि गुमाएका थिए। सर्वोच्चको फैसला लगत्तै रविले पुनः नागरिकता लिएपछि रास्वपाले उनलाई पुनः सभापति बनाएको छ।

यो घटनापछि रविले दोस्रो पटक प्रधानमन्त्री दाहाललाई भेटेका हुन्। रास्वपाले गृहमन्त्रालयमा दाबी गर्दै आएको छ भने  प्रधानमन्त्री दाहाल गृह आफैंसँग राख्ने मनस्थितिमा छन्।

प्रधानमन्त्री र रविको तर्फबाट भेटमा भएका कुराकानीका विषय सार्वजनिक भएको छैन ।

प्रकाशित मिति: ११:३२ बजे, मंगलबार, माघ १७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्