Kathmandu Press

माधव नेपालले बुझाए प्रधानमन्त्रीलाई ज्ञापनपत्र

आज बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर माधव नेपालसहितको नेकपा एसको टोलीले देशको आर्थिक संकट समाधानका लागि तत्काल कदम चाल्न आग्रह गर्दै ज्ञापनपत्र बुझाएका हुन्।
माधव नेपालले बुझाए प्रधानमन्त्रीलाई ज्ञापनपत्र

काठमाडौं, माघ १७ : नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाएकाे छ।

आज बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर माधव नेपालसहितको नेकपा एसको टोलीले देशको आर्थिक संकट समाधानका लागि तत्काल कदम चाल्न आग्रह गर्दै ज्ञापनपत्र बुझाएका हुन्।

उनीहरुले आर्थिक संकटका कारण मजदुर किसान, साना तथा मध्यम व्यवसायी लगायत आम सर्वसाधारण मानिसलाई बाँच्न पनि धौधौ भएको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छन्।

यस्तै, नेकपा एसले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै देशको अर्थतन्त्रमा सुधार ल्याउनका लागि तत्काल अल्पकालीन र दीर्घकालीन उपाय अपनाउन  आग्रह गरेको छ।

उसले प्रधानमन्त्री समक्ष संविधानमा उल्लिखित आर्थिक नीति कडाइका साथ लागू गर्न, महँगी नियन्त्रण गर्न, समस्याग्रस्त उद्योग तथा व्यवसायले जरिमाना र कर तिर्ने सुविधा तथा भाखा नाघेका ऋणको किस्ता र ब्याज तिर्ने अवधि २०८० असार मसान्तसम्मलाई बढाउन लगायतका माग गरेको छ।

CPN-US-11675140067.jpeg

CPN-US-21675140067.jpeg

CPN-US-31675140068.jpeg

प्रकाशित मिति: १०:२२ बजे, मंगलबार, माघ १७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्