Kathmandu Press

एनआईसी एशियाले ल्यायो न्यू सुपर चमत्कारिक निक्षेप योजना

काठमाडाैं, पुस २१ : एनआईसी एशिया बैंकले आफ्ना ग्राहकलाई थप फाइदा दिन ‘न्यू सुपर चमत्कारिक निक्षेप योजना’ ल्याएको छ।

बैंकले नयाँ ....

एनआईसी एशियाले ल्यायो न्यू सुपर चमत्कारिक निक्षेप योजना

काठमाडाैं, पुस २१ : एनआईसी एशिया बैंकले आफ्ना ग्राहकलाई थप फाइदा दिन ‘न्यू सुपर चमत्कारिक निक्षेप योजना’ ल्याएको छ।

बैंकले नयाँ वर्ष सन् २०२० को अवसरमा न्यू सुपर चमत्कारिक निक्षेप योजना ल्याएको हो। यसमा बीमा सुरक्षा योजना, कर्जाको ब्याजदर तथा प्रशासनिक शुल्कमा विशेष छुट, निःशुल्क होम बैंकिङ्ग सुविधा, निःशुल्क लकर सुविधा, देशभरका कुनै पनि बैंकको कुनै पनि एटीएमबाट रकम झिक्दा शुल्क नलाग्नेलगायतका ३० फाइदा समावेश गरेको बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुधिर नाथ पाण्डे जारी गरेको विज्ञप्तिमा जनाएको छ।

यस योजनाअन्तर्गत खाता खोल्ने ग्राहकले २१ लाखसम्मको बीमा सुविधा, दुर्घटनाबाट मृत्यु भएमा वा पूर्ण रुपमा अशक्त भएमा १० लाखसम्मको बीमा सुविधा, १८ घातक रोगहरुको लागि १० लाखसम्मको बीमा सुविधा र एक लाखसम्मको औषधी उपचार बीमा सुविधा रहेको छ। त्यस्तै, बहिरंग उपचारमा २० हजारसम्म र अस्पताल भर्ना वापत ८० हजारसम्मको बीमा सुविधा प्रदान जनाएको छ।

यो योजनाअन्तर्गत सिल्भर, गोल्ड र डायमन्ड खाताको व्यवस्था गरेको छ। जसमा वार्षिक ६.५ प्रतिशत ब्याजदर रहेको छ भने डायमन्ड सेरिजको बचत खातामा अतिविशिष्ट सुविधा रहेको जनाएको छ।

यसमा घरमै बैंकिङ्ग सुविधा, निःशुल्क डिम्याट खाता खोल्ने, निःशुल्क ई–कमर्श एक्टिभेसन, निःशुल्क लकर सुविधा, अनलाइन मुद्दती खाताको सुविधा, निःशुल्क क्रेडिट कार्डको सुविधा रहेको बैंकले जनाएको छ।

अहिले एनआईसी एशिया बैंकले देशभर ३१३ शाखा कार्यालय, ४०८ एटिएम, १०३ वटा एक्स्टेन्सन काउन्टर एवं ४५ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ।

प्रकाशित मिति: ११:१३ बजे, सोमबार, पुस २१, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्