Kathmandu Press

आंशिक बदलीदेखि वर्षा र हिमपातको सम्भावना

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।
आंशिक बदलीदेखि वर्षा र हिमपातको सम्भावना

काठमाडौं, माघ १७ : देशका केही भागमा आज वर्षा र हिमपातको सम्भावना रहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।

सुदूरपश्चिम प्रदेश, कर्णाली र लुम्बिनी प्रदेशका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले बताएको छ ।

विभागका अनुसार आज राति देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू–भागमा आँशिक बदलीदेखि सामान्यतया मौसम सफा रहनेछ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभाग बताउँछ ।

उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको र केही स्थानमा वर्षाको सम्भावना रहेको साथै तराईका केही स्थानमा हुस्सु र कुहिरोका कारण दैनिक जनजीवन प्रभावित हुनसक्ने भन्दै विभागले सतर्क रहन आग्रह गरेको छ ।  
 
प्रकाशित मिति: ०६:३६ बजे, मंगलबार, माघ १७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्