Kathmandu Press

अहिलेको सत्ता गठबन्धन पनि धेरै समय टिक्दैन : चन्द्र भण्डारी

रिपोटर्स क्लब नेपालले सोमबार काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा भण्डारीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ गतिशील नेता भएको उल्लेख गर्दे सत्ता गठबन्धन पनि धेरै समय नटिक्ने बताएका हुन्।
अहिलेको सत्ता गठबन्धन पनि धेरै समय टिक्दैन : चन्द्र भण्डारी

काठमाडौं, माघ १६ : नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले अहिलेको सत्ता गठबन्धन पनि धेरै समय नटिक्ने बताएका छन्।

रिपोटर्स क्लब नेपालले सोमबार काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा भण्डारीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ गतिशील नेता भएको उल्लेख गर्दे सत्ता गठबन्धन पनि धेरै समय नटिक्ने बताएका हुन्।

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएर कांग्रेस प्रतिपक्षमा बस्न नमिल्ने भन्ने अहिलेको बहसलाई लक्षित गर्दै उनले दीर्घकालीन सोचका आधारमा यो निर्णयमा कांग्रेस पुगेको र संसारका दर्शन र सिद्धान्त सधैंका लागि नहुने धारणा राखे। साथै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आगामी पाँच वर्ष सरकारमा जानु गल्ती भएको उनले बताए।

साक्षात्कारमा एमालेका नेता शेरबहादुर तामाङले सरकार गठनका बेलामा भएको सहमतिअनुसार राष्ट्रपतिको निर्वाचनमा एमालेले उम्मेदवार उठाउने र उक्त उम्मेदवारलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समर्थन गर्ने बताए। उनले एजेण्डाको आधारमा नेपाली कांग्रेसलाई पनि लिएर राष्ट्रिय सहमति खोज्न एमाले सकारात्मक रहेको बताए।

त्यस्तै जसपाका नेता राजकिशोर यादवले राष्ट्रपतिमा साझा व्यक्तिलाई अघि सार्नुपर्ने भन्दै दलविशेषको व्यक्तिलाईअघि सार्न नहुनेमा जोड दिनुभयो। विगतमा दलीय आधारमा राष्ट्रपति नियुक्त गर्दा कार्यकारीले गरेका निर्णय रोक्ने र उल्टाउने काम भएको भन्दै अब त्यस्तो गल्ती दोहोर्याउन नहुने उहाको भनाइ छ।

यादवले आफूहरु राष्ट्रिय सहमतिको आधारमा राष्ट्रपति निर्वाचित गर्ने पक्षमा रहेको पनि बताए। 

प्रकाशित मिति: २०:३० बजे, सोमबार, माघ १६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्