Kathmandu Press

स्थानीय योजना प्लेटफर्मको पाचौं संस्करण माघ १९ बाट काठमाडौंमा

मन्त्रालयले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै एकीकृत र जलवायु अनुकूलन शहरी विकासका लागि स्थानीय योजना नाराका साथ माघ १९ देखि २० गते सम्म सम्मेलन आयोजना गर्न लागिएको जनाएको हो।
स्थानीय योजना प्लेटफर्मको पाचौं संस्करण माघ १९ बाट काठमाडौंमा

काठमाडाैं, माघ १६ : सहरी विकास मन्त्रालयको आयोजनामा स्थानीय योजना प्लेटफर्मको पाचौं संस्करण माघ १९ गते देखि काठमाडौंमा सुरु हुने भएको छ।

मन्त्रालयले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै एकीकृत र जलवायु अनुकूलन शहरी विकासका लागि स्थानीय योजना नाराका साथ माघ १९ देखि २० गते सम्म सम्मेलन आयोजना गर्न लागिएको जनाएको हो।

Hardik ivf

दिगो, उत्थानशील र समावेशी समाज तथा शहरवस्ती निर्माणका लािग हातेमालो गर्ने उद्देश्यले सन् २०१८ मा जापान सरकार, पूर्वाधार, यातायात तथा पर्यटन मन्त्रालयद्वारा गठित स्पेचियल प्लानिङ प्लेटफर्म (एसपिपी) ले युएन ह्याबिट्याट एशिया प्रशान्त क्षेत्रीय कार्यालयको संयोजनमा हरेक वर्ष सम्मेलन गर्दै आएको सहरी विकास मन्त्रालयका प्रवक्ता प्रदीप परियारले जानकारी दिए।

यस वर्ष सम्मेलनमा भुटान, बंगलादेश, कम्बाेडिया, चीन, भारतलगायत देशका उच्चस्तरीय अधिकारी र विज्ञहरुको सहभागीता रहने उनले बताए।

सम्मेलनले सहरी विकासका विभिन्न आयाम र दृष्टिकोणहरु प्रस्तुत गर्ने र नेपालका सन्दर्भमा उक्त आयाम र दृष्टिकोणहरुलाई कसरी लागू गर्न सकिन्छ भन्नेबारे पथप्रदर्शन गर्ने मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: १७:४५ बजे, सोमबार, माघ १६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्