Kathmandu Press

समाजलाई अग्रगति दिन सबै मिलेर अघि बढ्नुपर्छ : सभामुख घिमिरे

सोमबार सिंहदरबारमा सञ्चारकर्मीसँगको छलफलका क्रममा सभामुख घिमिरेले संसदको भूमिका समाजलाई अग्रगति दिने उदेश्यलाई पूरा गर्ने भएकाले यसमा सञ्चारजगतलगायत सबै मिलेर अघि बढ्नुपर्ने बताएका हुन्।
समाजलाई अग्रगति दिन सबै मिलेर अघि बढ्नुपर्छ : सभामुख घिमिरे

काठमाडाैं, माघ १६ : प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले समाजलाई अग्रगति दिने उद्देश्य पूरा गर्न सबै मिलेर अघि बढ्नुपर्ने बताएका छन्।

सोमबार सिंहदरबारमा सञ्चारकर्मीसँगको छलफलका क्रममा सभामुख घिमिरेले संसदको भूमिका समाजलाई अग्रगति दिने उदेश्यलाई पूरा गर्ने भएकाले यसमा सञ्चारजगतलगायत सबै मिलेर अघि बढ्नुपर्ने बताएका हुन्।

उनले बिभिन्न ऐन निर्माण गर्ने बिधेयकमा छलफल वा नयाँ केही निर्णय गर्ने बिषयमा पनि आफु समझदारीमा नै अघि बढ्ने धारणा राखे।

देश निर्माणका लागि यसअघि गरिएका प्रयत्नहरुलाई पनि आत्मसाथ गर्दै अघि बढ्नुको विकल्प नभएको उनको भनाइ छ।

सभामुख घिमिरेले संसदलाई प्रभावकारी बनाउनका लािग पनि सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे।संसदको रिर्पोटिङका क्रममा देखिएका समस्याहरुलाई पनि समाधान गर्दै लैजाने उनले बताए। 

प्रकाशित मिति: १७:३० बजे, सोमबार, माघ १६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्