Kathmandu Press

माओवादीको पदाधिकारी बैठक : गृहमन्त्रीबारे छलफल भएन, स्थायी कमिटी बैठक बुधबार 

माओवादीको पदाधिकारी बैठक : गृहमन्त्रीबारे छलफल भएन, स्थायी कमिटी बैठक बुधबार 

काठमाडौं, माघ १६ : नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बुधबार बस्ने भएको छ । 

पार्टी कार्यालय पेरिसडाडामा सोमबार बसेको पदाधिकारी बैठकमा राजनीतिक अवस्थाका साथै पार्टी सुदृढिकरण, कार्यबिभाजन लगाएतका बिषयमा गृहकार्य भएको र नटुङ्गिएकाले बुधबार मात्रै  स्थायी कमिटी बस्ने प्रवक्ता कृष्ण बहादुर महराले जानकारी दिए । 

यसअघि माओवादी स्थायी कमिटी मंगलबार बस्ने तय भएको थियो । प्रवक्ता महराले मंगलबार पदाधिकारी बैठकमा थप गृहकार्य गर्ने र १८ गते स्थायी समिति बैठक बस्ने निर्णय भएको बताए। उनले गृह मन्त्रालयको जिम्मेवारी कसलाई दिने भन्ने बारेमा बैठकमा छलफल नभएको जानकारी दिए। मन्त्रालयको बिषय प्रधानमन्त्रीले टुङ्गो लगााउने भएकाले पार्टीले हस्तक्षेप नगर्ने उनको भनाइ छ । 

त्यसअघि बैठकबाट बाहिरिने क्रममा गृहमन्त्री कसलाई बनाउने भन्ने सञ्चारकर्मीको प्रश्नमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गृहमन्त्री बनेपछि थाहा हुने बताएका थिए। 

प्रकाशित मिति: १६:०९ बजे, सोमबार, माघ १६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्